नेकपा एकिकृत समाजबादी पार्टी बाट गोदावरीको उप मेयरमा सुकुन्तला सोव सर्बसम्मत


अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको उप मेयरमा नेकपा एकिकृत समाजवादीवाट सकुन्तला सोब सर्व सम्मत भएकी छन् ।

शुक्रवार बसेको नेकपा एस गोदावरी नगर कमिटीको बैठकबाट गोदावरी नगरपालिकाको उपमेयर पदका लागि महिला नेतृ सोब सर्व सम्मत भएकी हुन् ।

उप मेयर पदमा अन्य ४ जनाको पनि दाबी रहेपनि पार्टीले सोपलाई नै अघि सार्ने निर्णय गरेको हो । सोव लामो समय देखि सामाजिक कार्यमा सकृय रहेकी छन् । उनी बिभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध रहेकी छन् । सोवले कोभिडको महामारीको समयमा यसक्षेत्रमा समाजसेवा गर्दै चर्चामा आउनभएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0