धनगढीमा निर्वाचन सम्बन्धि मिडिया अभिमुखीकरण कार्यक्रम गरिदै


धनगढी । कैलालीको धनगढीमा रहेको रुवस होटलमा मिडिया अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोग केन्द्रको आयोजना मा कार्यक्रम भैरहेको हो । कार्यक्रममा आयोगकी सदस्य जानकी तुलाधर , नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरी , प्रेस काउन्सिलका सदस्य हरि जोशी लगायतको सहभागीता रहेको छ ।

कार्यक्रममा कैलालीका झन्डै ४० जना पत्रकारहरुको सहभागीता रहेको छ । आसन्न निर्वाचनको पक्षमा माहोल बनाउन कार्यक्रम आयोजना गरिएको प्रदेश निर्बाचन कार्यालय का प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन । कार्यक्रमको समन्वय पत्रकार महासंघ कैलाली शाखाले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0