गोदावरी नगरपालिकाका कार्यालय प्रमुख विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा नगरपालिकाका कार्यालय प्रमुख खेमराज विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गोदावरी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत विष्ट, तत्कालिन प्रशासकिय अधिकृत देवराज जोशी, इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा २०७८ साल चैत ३० गतेका दिन मुद्दा दायर गरेको हो । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुविरुद्ध ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0