थ्रीडिभीएल क्रियसनका अध्यक्ष ओझाले जन्मदिनमा प्लानेट ग्रीन नेपाललाई गरे बोटबिरुवा सहयोग


अत्तरिया । सामाजिक सँस्था थ्री डिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले आफ्नो जन्मदिनको अवसरमा बोटबिरुवा सहयोग गरेका छन् । अध्यक्ष ओझाले अत्तरियामा रहेको प्लानेट ग्रीन नेपाल नामक सँस्थालाई बिरुवा सहयोग गरेका छन् ।

उनले रुद्राक्ष,समी,धुपी लगाएत ६ प्रकारका बिरुवा प्लानेट ग्रीन नेपाल सँस्थाका अध्यक्ष पुष्कर शर्मा जोशीलाई हस्तान्तरण गरेका हुन् । ओझाले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा हाम्रै वरपरको वातावरण हरियाली बनाउने उदेश्य लिएको सँस्थालाई बिरुवा हस्तान्तरण गरेको बताए । हस्तारण गरेका बिरुवा गोदावरीको गोरखधुना क्षेत्रमा रोपीने प्लानेट ग्रीन नेपाल सँस्थाका अध्यक्ष पुष्कर शर्मा जोशीले बताएका छन् । शर्माले २५ करोड रुख नेपालभर हाम्रैपालामा लगाउन सम्भव छ भन्ने अभियान समेत चलाउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0