जसपा सुदूरपश्चिम अध्यक्ष चौधरीद्धारा पार्टी परित्यागको घोषणा
धनगढी – जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्यागको घोषणा गरेका गरेका छन् । उनले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।
जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले मंगलबार फेसबुकमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।
चौधरी पहिलो संविधानसभा सदस्य निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा निर्वाचित भएका थिए ।