धनगढी उपमहानगरको उपमेयरमा एमालेबाट दिप्ती शाहीको दाबी


धनगढी– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उप–महानगरपालिकाको उप–मेयर पदमा युवा नेतृ दिप्ती शाहीले दाबी गरेकी छन् । सामाजिक क्षेत्रमा शक्रिय रहँदै आएकी युवा नेतृ शाहीले नेकपा एमालेबाट उप–मेयर पदको दाबी गरेकी हुन् ।

२०६८ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहकी शाहीले वडा कमिटी, जिल्ला निर्वाचन विभाग हुँदै पार्टीका विभिन्न संगठनमा बसेर काम गरि सकेकी छन् । शाही अहिले धनगढी नगर कमिटीको सह–सचिव पदमा रहेर काम गरि रहेकी छन् । एमविएस सम्मको अध्ययन गरेकी शाही विगत लामो समयदेखि अध्यापन पेशामा संलग्न रहदै विभिन्न सामाजिक संस्थामा समेत काम गर्दै आएकी छन् ।

उनले विगत १० वर्ष दिपेन्द्र प्रहरी आवासिय माध्यमिक विद्यालय, ३ वर्ष सुदूरपश्चिम क्याम्पसमा अध्यापन गर्नु भयो भने पछील्लो ७ वर्षदेखि धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा स्तनातक र स्नाकोत्तर तहमा अध्यापन गराइ रहेकी छन् । पार्टीले आफुलाई विश्वास गरी उप–मेयरको लागी टिकट दिएमा बिजयको झण्डा फहराउन सफल हुने शाहीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0