कैलालीमा हँसिया प्रहार गरी आफ्नै श्रीमानको विभत्स हत्या


अत्तरिया – कैलालीमा एक महिलाले हँसिया प्रहार गरी श्रीमानको विभत्स हत्या गरेकी छिन । मोहन्याल गाउँपालिका – १ राक्साकी ३३ बर्षीय थुमा थापामगरले आफ्नै श्रीमान ४४ बर्षीय नारायण बुढामगरको हत्या गरेकी हुन ।

उनले घरयसी विवाद हुँदा आइतबार राती श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार हत्या गरेर थुमा आफै सोमबार बिहान ईलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसर्पण गरेकी थिइन् ।

घटनापछि ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिह गुरुको कमाण्डमा प्रहरी टोली खटीएको जनाइएको छ । प्रहरी घटनास्थलमा नपुगेकाले बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0