कञ्चनपुरमा कांग्रेसले आकांक्षीबाट पैसा उठाउँदै


धनगढी– कञ्चनपुरमा नेपाली कांग्रेसले विभिन्न पदका आकांक्षीबाट धमाधम रकम संकलन गरिरहेको भेटिएको छ। कांग्रेसले वडा सदस्य, वडाध्यक्ष, मेयर र उपमेयरका लागि आकांक्षीबाट रकम संकलन गरिरहेको हो। कञ्चनपुर कांग्रेसले आकांक्षी उम्मेद्वार सिफारिस गर्दा रकम उठाइरहेको बताइएको छ।

कांग्रेसको नगर कार्य समितिले वडा सदस्यका आकांक्षीबाट १ हजार, वडाध्यक्षबाट ३ हजार, उपमेयरबाट ५ हजार र मेयरका आकांक्षीबाट १० हजार उठाएको कांग्रेसका एक नेताले जानकारी दिए। तर, उता केन्द्रीय कार्य समितिले भने यसअघि नै उम्मेदवार सिफारिस गर्दा रकम नउठाउनु भनेको थियो। कञ्चनपुरमा भने केन्द्रीय परिपत्र विपरीत आकांक्षीसँग रकम उठाइएको हो।

यस्तै शुल्क उठाएको गुनासो आएपछि अहिले सो कार्य नर्गनरनगराउन निर्देशन दिइएको कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0