स्थानिय निर्बाचनमा तालमेल गर्न पाँच दलको कार्यकर्तालाई यस्तो आयो अपिल


काठमान्डौ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्न ५ दल तयार भएका छन । सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी पनि गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकपछि शीर्ष नेताहरुले अपील जारी गरेका हुन्। उनीहरुले अपीलमा नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिवद्ध रहेको जनाएका छन्।

देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ, अपीलमा भनिएको छ, आदरणीय जनसमुदाय व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौं समेत भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0