एमालेबाट मोहन्याल गाउँपालिकाको अध्यक्षको बलियो उम्मेदवारको रुपमा रावल सिफारिस


अत्तरियाएमालेबाट मोहन्याल गाउँपालिको अध्यक्षका लागि जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी कैलालीका पूर्व अध्यक्ष वीरेन्द्रबहादुर रावलको नाम सिफारिस भएको छ । उहाँसंगै जिल्ला कमिटि सदस्य तथा वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, नेता धर्म थापा, एकेन्द्र भण्डारी, बमबहादुर रावल, नवराज खनाल र नरेन्द्र थापा पनि सिफारिस हुनुभएको छ ।

२०४८ सालदेखि राजनीतिमा सक्रिय रावलले लामो समयसम्म पत्रकारिता मार्फत समाज सेवा र समाज रुपान्तण गर्नुभयो । भने अहिले उहाँ नेकपा एमालेबाट मोहन्याल गाउँपालिकाको अध्यक्षका लागि सिफारिसमा पर्नुभएको छ । उहाँ मोहन्याल गाउँपालिकाको लागि उपयुक्त र एमालेबाट बलियो उम्मेदवारका रुपमा देखिनुभएको छ ।

वि.सं. २०४८ सालमा एकप्रिय राठौर मावि पाताभारा बर्दियाको प्रारम्भीक कमिटि सहसचिवबाट राजनीतिक यात्रा सुरु गरेका रावल २०५० सालमा प्रारम्भीक कमिटि अध्यक्ष, २०५२ सालमा अनेरास्ववियू कैलाली जिल्ला सदस्य, २०५४ मा उपाध्यक्ष, २०५५ मा एमालेको संगठित सदस्यता पाप्त गर्नुभएका रावलले पार्टी र संगठनलाई ठूलो योगदान पुगाउनुभएको छ ।

२०५५ मा पार्टी विभाजनपछि बलिया—सुगरखाल इकाइ कमिटिको उपसचिव, २०५८ सालमा प्रेस चौतारी कैलालीको अध्यक्ष र २०६१ मा पुनः प्रेस चौतारी कैलालीको अध्यक्ष भएर उहाँले काम गरिसक्नुभएको छ । उहाँले राजनीति मात्र नभइ पत्रकारिता क्षेत्रबाट पनि समाज सेवा गर्नुभएको छ । उहाँले राजनीतिक र पत्रकारिता क्षेत्रबाट समाजलाई पुगाएको योगदानको कदर गर्दै पार्टीले सिफारिस भएका उम्मेदवार को हकमा एक अब्बल उम्मेदवार भएकोले आफूलाई नै अध्यक्षको टिकट दिनेमा ढुक्क भएको बताउनु भयो ।

उहाँले २०६२ मा मदन भण्डारी फाउण्डेसन कैलाली जिल्ला सदस्य, २०६४ मा नेपाल बुद्धिजीवि परिषद् कैलाली सदस्य हुँदै बुद्धिजीवि परिषद्को प्रचारप्रसार विभागको सदस्य, २०६१ देखि नेकपा एमाले कैलाली प्रचार विभागको सदस्य, २०७७ मा नेकपा विभाजन पछि एमाले प्रदेश कमिटि सदस्यमा बसेर काम गरेको अनुभव भएकाले पनि पार्टीले आफूलाई नै अध्यक्षको उम्मेदवार बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुरे संरक्षणको क्षेत्रमा पुगाएको योगदानले पनि चुरेबासी मोहन्यालका जनताले मलाई सहानुभूति दिएका छन ।’

चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चका अध्यक्ष समेत रहेका रावलले चृुरे क्षेत्रका लागि निकै योगदान पुगाउनु भएको छ । चुरे क्षेत्रको संरक्षण र चुरेबासीको आवजलाई बुलन्द गर्दै उहाँले चुरेको अस्तित्व बचाउन सक्रियरुपमा लाग्दै आउनुभएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि मोहन्याल गाउँपालिको अध्यक्षका दावेदार समेत रहेका रावलले पार्टीलाई जिताउनका लागि आफूले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताउँदै गत निर्वाचनमा पार्टीलाई पुगाएको योगदानको पार्टीले कदर गर्नेमा विश्वत भएको बताउनु भयो ।

विभिन्न समाजिक संघसंस्था, पत्रकारिता र चुरे संरक्षणमार्फत सामाजिक सेवामा सक्रिय रावलले कोरोना कहरमा पनि सीमानाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने, महामारीका बेला रोजीरोटी खोसिएकालाई रहात वितरण गर्ने लगायतका सरकारले गर्न नसकेका सामाजिक सेवाका काम गर्दै आएकाले पनि उहाँ जनतामाज लोकप्रिय हुनुहुन्छ । प्राकृति प्रकोप र दैविक प्रकोपमा पनि उहाँले चुरे क्षेत्रका जनताका लागि रहातका कार्यक्रम लिनुभएको थियो । उहाँले राजनीति, पत्रकारिता, चुरे संरक्षणमा पुगाएको योगदान मात्र नभइ प्राकृतिक र दैविक प्रकोपमा पनि जनताको अभिभावक भएर काम गरेकाले पनि उहाँले लोकप्रिय हुनुहुन्छ । भने एमालेबाट मोहन्याल गाउँपालिकाको लागि बलियो उम्मेदवारका रुपमा रावलनै देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0