अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता हुदै


अत्तरिया | सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता अत्तरियामा शुरु भएको छ । नेपाली भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्टले प्रतियोगिताको एक कार्यक्रमका बिच उदघाटन गरेका हुन् ।

प्रतियोगितामा प्रदेशभरका १० वटा टिमको सहभागीता रहने खेलका संयोजक बिक्रम बिष्टले बताए । सिवाइसीको आयोजनामा प्रतियोगिता भईरहेको छ । लिग चरणका खेलहरु बेस्टब थ्रीमा खेलाइने भएको छ ।

विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेता बनेको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0