अत्तरिया चोकमा बैशाख ५ गते राजा महेन्द्रको शालिक अनावरण गरिदै

0
29

अत्तरिया : कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक अनावरण गरिने भएको छ। शालिक चैत १४ गते सोमवारका दिन अत्तरिया ल्याइएको र चैत २७ गते रामनवमीको दिन अनावरण गरिने भने ता पनि विविध कारणले बैशाख ५ गते उक्त शालिक भव्य किसमले अनावरण गरिने शालिक निर्माण अभियानका संयोजक हरि भट्टराईले फारवेष्टखबरलाई बताए।

काठमाण्डौका मूर्तिकार राजु तुलाधरले १० लाखको लागतमा ढलोटको शालिक निर्माण गरेको संयोजक भट्टराईले जानकारी बताएका छन । शालिक राख्ने संरचना बनाउन थप ५ लाखसहित १५ लाख लाग्ने र त्यो रकम जनस्तरबाट संकलन भइरहेको संयोजक भट्टराईले बताए। यो शालिक नागरिक समाजको तर्फबाट शालिक पुनः निर्माण गर्न अभियान थालिएको समेत संयोजक भट्टराईले वताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here