स्याउले बजारमा एक करोड लगानीमा साथी मार्टको शाखा सञ्चालन

0
113

धनगढीः जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजारमा साथी मार्टको शाखा सञ्चालनमा आएको छ। आज शनीबार एक औपचारीक कार्यक्रमकाबिच अत्तरिया उघोग वाँणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले स्थानीय बजारमा सञ्चालनमा आएको साथी मार्टको शाखाले स्याउलेको व्यवशायीक विकाशमा नयाँ इटा थपीएको बताए ।

उनले युवाहरुले गरेको प्रयासले केहि व्यत्तिले रोजगारी समेत पाएकाले पैसा कमाउनकालागी विदेश नै जानुपर्छ भन्ने नरहेको बताए ।

बिक्की ओझा र सोभी रानाको झण्डै एक करोडको लागतमा मार्टको शाखा सञ्चालनमा आएको हो। मार्टको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

सञ्चालक ओझाका अनुसार स्याउले बजार क्षेत्रमा दैनिक खाद्य सामग्री खरिदका लागि समस्या हुँदै आएकाले मार्ट सञ्चालन गरिएको हो। स्याउले बजार क्षेत्रका नागरिकले आवश्यक सामग्री खरिदका लागि अत्तरिया र धनगढी आउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

ओझाका अनुसार मार्टमा दैनिक उपभोग्य सामग्री, श्रृंगारका सामग्री, खेलौना, लुगाकपडा लगायत स्थानीय स्तरमा उत्पादित खाद्य सामग्री पाइने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here