कैलालीमा गठबन्धन गर्न कार्यदल बनाइयो


धनगढी– सत्ता गठबन्धनमा आवद्ध ५ दलले कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि कार्यदल बनाएका छन्। एकीकृत समाजवादीको संसदीय दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले १० सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, एकीकृत समाजवादीका कैलाली इञ्चार्ज दीर्घ सोडारी, माओवादी केन्द्रका कैलाली इञ्चार्ज हरि ज्ञवाली, जनमोर्चातर्फबाट जगतप्रसाद जोशी र जनता समाजवादीका होरिलाल चौधरी सदस्य रहेका छन्।

पाँच वटै दलले प्रत्येक बैठकमा थप एकरएकजना सदस्य ल्याउन पाउने पनि निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए। कार्यदलको अर्को बैठक २७ गते समाजवादीको संसदीय दलको कार्यालयमा बस्ने निर्णय पनि भएको उनले बताए।

‘कार्यदलमा प्रत्येक पालिकामा कसरी गठबन्धन गर्ने र सिट बाँडफाँड कसरी गर्नेबारे छलफल हुनेछ,’ काँग्रेस कैलालीका अर्का सचिव नृप सुनारले भने, ‘सबै पार्टीले आ–आफ्नो अवस्था पनि कार्यदलको बैठकमा पेश गर्नेछन्।’ यसअघि नै कैलालीमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गर्ने सहमति गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0