धनगढीका भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच उपमहानगरपालिको वडा नम्बर ९ का २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरिएको हो ।

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले प्रमाणपत्र बितरण गरेकी हुन् ।

जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहिन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउदै पहिलो चरणमा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरिएको बताइन् ।

उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन । जग्गाधनी दर्ता प्रमाणपत्र बितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, उपप्रमुख शुशिला मिश्रभट्ट लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0