पद्मा अस्पतालमा तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग


अत्तरिया – कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

एशोसियशनका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीको नेतृत्वको टोलीले बुझाइएको ज्ञापन पत्रमा पदमा अस्पतालमा भएको घटनाका बिषयमा संवेदनशिल भएर कडाइका साथ अगाडी बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।

‘आक्रमण गर्ने, तोडफोड गर्नेहरुलाई समयमा नै कानुनको दायरमा ल्याई सजाय दिने होइन भने अझै तिनका मनोबल बढ्ने र यस्ता विकृतिहरु अझै बढ्दै जादा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरु घरासयी हुँदै जानेछन’ ज्ञापन पत्रमा भनिएको छ ‘देश भरीका अस्पतालहरु संचालनको शान्ति पुर्वक वावतावरण निर्माण गर्न र उदासिनता आउन नदिन हामी जोरदार माग गर्दछौ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0