बैतडीको चौलानी नदीमा बगेर एक पुरुषको मृत्यु


बैतडी – बैतडीको चौलानी नदीमा बगेर एक पुरुषको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका – ६ सौँगाउँका खडक बोहराको चौलानी नदीमा बगेर मृत्यु भएको हो ।

उनी मंगलबार बिहान चौलानी नदीबाट गाईलाई पारीपट्टी तार्ने क्रममा नदीमा बगेका थिए ।

नदीमा बगेका उनको शव झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बोहरा कृषी तथा पशु विज्ञान कलेजका कर्मचारी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0