गोदावरी नगरपालिका वडा नम्बर ६ मा एमालेबाट ६ जनाको वडा अध्यक्षमा दावी


अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बाट स्थानिय निर्बाचनको लागी वडा अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आज बसेको वडा कमिटीको बैठकमा उनिहरुले दाबी प्रस्तुत गरेका हुन ।

दाबी गर्नेहरुमा सन्तोष सिंह , जागुराम चौधरी,रतन नेपाली, हरी फुलारा, दिनेश पाठक र कृष्णा जोशी रहेका छन् । वडामा सर्ब सम्मतीबाट एक जना चयन हुन नसकेपछि आकांक्षी सबैको नाम नगरकमिटीमा पठाइएको वडा कमिटीका अध्यक्ष सन्तोष सिंहले बताए ।

यस्तै दलित महिला सदस्यमा १ जनाले, खुल्ला महिलामा ३ जनाले दाबी पेश गरेका छन् । वडा सदस्यमा भने ३जनाले आकांक्ष राखेको वडा कमिटी अध्यक्ष सिंह ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0