एकञ्चनपुरमा घरदैलोमै गइ कोरोनाविरुद्धको खोप दिइँदै


कञ्चनपुर– एकञ्चनपुरमा घरदैलोमै गर कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ । कोरोनाविरुद्धको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।

हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर), बागेश्वरी असल शासन क्लब (बास) र युनिसेफको सहयोगमा भीमदत्त–९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ । घरायसी कार्य व्यस्तता, जनचेतनाको अभाव र अशक्तताले गर्दा खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म जान नसकेका र बाँकी आवश्यक मात्राको खोप लगाउने समय पुगेका नागरिकहरूलाई घुम्ती शिविरमार्फत खोप लगाउने कार्य भइरहेको भीमदत्त( ९ का वडाध्यक्ष राम नाथले बताए ।

उक्त वडामा ब्रह्मदेव सहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द धामीको नेतृत्वमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सङ्घसंस्थाहरूका कर्मचारीको टोली परिचालन गरी खोपसँगै जनचेतना समेत प्रदान गरिएको छ ।

दैनिक औसत ५० जना गरी ३०० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको रिकोभर परियोजनाका कार्यक्रम संयोजक विनोदसिंह कडाराले बताए। रिकोभर परियोजनाले कञ्चनपुरको भीमदत्त, कृष्णपुर र पुनर्वास नगरपालिकामा विभिन्न कार्यक्रम लागु गरेको छ । यसपछि भीमदत्त नगरपालिका भित्रका अन्य विकट बस्तीमा समेत खोप अभियान सञ्चालन गरिने र परियोजना लागु भएका अन्य पालिकामा पनि उक्त अभियान विस्तार गर्ने योजना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0