श्रीलंकाको आर्थिक संकट ः कर्फ्युको अवज्ञा गर्दै जनता सडकमा उत्रियो


कोलम्ब । दसकौँपछि श्रीलंकामा अत्यन्तै खराब आर्थिक समस्याको स्थिति उत्पन्न गरेको भन्दै सरकारविरुद्ध आवाज उठाउँदै आइरहेका जनताले आइतबार विभिन्न सहरमा कर्फ्युको अवज्ञा गरेका छन् । राजधानी कोलम्बोमा विपक्षी राजनीतिक समूहका प्रर्दशनकारीहरूले केही घन्टा सुरक्षाकर्मीहरूसँग झडप गरेका थिए । अन्त्यमा उनीहरू शान्तिपुर्वक सडकबाट हटेका थिए ।

तर, क्यान्डी सहरमा भने प्रहरीले आन्दोलनरत विद्यार्थीहरूलाई अश्रुग्यास र पानीको फोहरा प्रहार गरेर तितरबितर पारेको छ ।
शुक्रबार आफ्नो निवास बाहिर प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएपछि श्रीलंकाका राष्ट्रपति गोतावाया राजपाक्षेले ३६ घन्टा लामो कर्फ्यु घोषणा गरेका थिए ।

कर्फ्युको नियमअनुसार सम्बन्धित निकायको लिखित आदेश पत्रविना सर्वसाधारणहरू कुनै पनि सार्वजनिक सडक, पार्क, ट्रेन र समुद्री किनारमा जमघट हुन पाउने छैनन् ।

त्यसैगरी केही समयका लागि सामाजिक सञ्जाल माथि पनि बन्देज लगाइएको छ । कर्फ्यु सोमबारसम्म कार्यान्वयन हुने छ ।

टापु राष्ट्र श्रीलंकाले अहिले सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै सबैभन्दा भयावह आर्थिक समस्या भोगिरहेको छ । इन्धन खरिदका लागि आवश्यक विदेशी मुद्राको अभावका कारण पछिल्लो स्थिति आएको हो ।

खाद्यान्न, इन्धन र औषधि अभावलगायत दिनहुँ लामो समयसम्म विद्युत लोडसेडिङ खप्न बाध्य भएपछि जनआक्रोश चरमविन्दुमा पुगेको छ ।

राजपाक्षे सन् २०१९ जनतालाई स्थिरता र समृद्धि दिने नारासहित सत्तामा आएका थिए ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0