पद्मा अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरण : यस्तो सहमतिमा आफन्तले शव बुझे


अत्तरिया । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीच सहमति भएपछि उनीहरुले शव बुझेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार अस्पतालले राहत तथा क्षतिपूर्ति दिने र प्रहरीले घटनाको आवश्यक छानविन गर्ने सहमति भएको हो।

शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि स्थानीय आक्रोशित बनेका थिए। आक्रोशित स्थानीयले डाक्टरको लापर्बाहीका कारण झाडापखाला भएका बोहराको ज्यान गएको भन्दै अस्पतालमा ढुंगामुडा समेत गरेका थिए। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0