अत्तरियामा न्याय माग्दा प्रहरीले चलायो अस्रुग्यास


अत्तरिया ।  बिरामीको मृत्यु भएपछि अत्तरियामा रहेको पद्मा अस्पतालमा स्थानियले न्याय माग्दै आक्रोस बढेपछि तोडफोड गरेका छन । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानियहरुले तोडफोड गरेका छन ।

ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो ।

डायरीयाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।

मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन ।

विरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । यसै बिच अस्पतालमा तनावग्रस्त स्थिती सिर्जना भएपछी प्रहरी ले अश्रु ग्यास समेत प्रहार गरेको छ ।
जसको कारण पदमा अस्पताल वरीपरीका पसलहरु लगाएत शिक्षक सेवाआयोगको परिक्षा दिन जादै गरेका थुप्रै व्यक्तीहरु असर परेको एक जना उक्त परिक्षामा सहभागी हुन जादैगरेका रमेश भट्टले वताए । जसको कारण पदमा अस्पताल वरीपरीका पसलहरु लगाएत शिक्षक सेवाआयोगको परिक्षा दिन जादै गरेका थुप्रै व्यक्तीहरु असर परेको एक जना उक्त परिक्षामा सहभागी हुन जादैगरेका रमेश भट्टले वताए । प्रहरीले चलाएको अस्रुग्यासका कारण समाचार संकलनमा रहेको केही पत्रकारहरु पनि यसमा सिकार वनेका छन । आफुहरुले न्यामाग्दा प्रहरी प्रशासनले उल्टो अस्रुग्यास चलाईएको घटना प्रति घोरआपत्ती रहेको आन्दोलनकारीहरुले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0