अत्तरिया खानेपानीका नयाँ पदाधिकारीले सपथ लिए


अत्तरिया – अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । नयाँ कार्यसमितिका अध्यक्ष सहितका पदाधिकारीले आज सपथ खाएका छन् । संस्था को प्राङ्गणमा निर्बाचन समिति ले उनिहरुलाई सपथ खुवाएको हो ।

सहमति बाट नै कार्य समिति को अध्यक्ष मा टीका दत्त जोशी, उपाध्यक्ष मा शेर बहादुर बिष्ट , महासचिव मा माहादेब भट्ट , सचिब मा पुस्पराज (पि आर) चटौत , कोषाध्यक्ष मा लक्ष्मण कठायत चयन भएका हुन । यस्तै सदस्यहरु मा उर्मिला बोगटी ,कुन्तीदेबी पाण्डे, सकुन्तला सोप, रुपलाल बिक, भबानी दत्त भट्ट र रतना कामीले पनि सपथ खाएका छन् । दलहरु बिच उक्त संस्थामा सहमति मै नेतृत्व चयन गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0