अत्तरियामा रहेको एक पसलमा आगलागी


अत्तरिया : कैलालीको अत्तरियामा रहेको एक पसलमा आगलागी भएको छ । अत्तरियाको महेनन्द्रनगर रोडमा रहेको भगवती अटो पार्टसमा आगलागी भएको हो ।
आगलागिको कारण खुलेको छैन । आगलागीबाट अटो पार्टस संगै जोडीएको मासु पसलमा पनि क्षति पुगेको आगलागि स्थलमा खटिएका ईलाका प्रहरी कार्यालय मालाखेतीले बताए ।
आगलागि अहिले नियन्त्रणमा आएको छ । आगलागि नियन्त्रणका लागि गोदावरी नगरपालिकाको दमकल संगै धनगढी बाट पनि दमकल पुगेको थियो ।
गोदावरीको दमलकमा पानी सकिएपछि आगो नियन्त्रणमा ढिलाई भएको थियो । दोस्रो पटक गोदावरीको दमकलले पानी भरेर आगो नियन्त्रण गरेपछि मात्रै धनगढीको दमकल पुगको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0