को हुन ? नगरपालिकामा मेयरलाई कालो झन्डा देखाउने युवा

0
37

अत्तरीया : कैलालीमा गोदावरी नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटन सुरु हुँनेक्रममा स्थानीय युवा एल आर ओझाले कालो झण्डा देखाउदा हंगामा मच्चिएको छ। उद्घाटन कार्यक्रममा निर्माण नसकेरै भवनको उद्घाटन गरिन लागिएको भन्दै विरोध भएको थियो।

विरोधका क्रममा मेयरलाई कालो झण्डा देखाउँदै नारावाजी समेत गरेका थिय। आईतबार नै नेपाली काङ्ग्रेस गोदावरीले उद्घाटन रोक्न नगरपालिकालाई ध्यानाकर्षण समेत गराएको बताइएको छ। यता प्रहरीले भने उद्घाटनमा कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसका क्रियाशील सदस्य एलआर ओझालाई पक्राउ गरिएको जनाएको छ।

ओझाले प्रदर्शन गरेको झण्डाले समाजमा चर्चाको विषय बनेकोछ । सबैलाई चासोको विषय बन्न पुगेको छ भने सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको छ। नव निर्मित भवनको काम सम्पन्न नहुँदै नगरपालिकाले उद्घाटन गर्न लागेको भन्दै आफूले कालो झण्डाले नगरपालिकालाई सचेत गराउन खोजिएको उनको भनाइ छ । उनी प्रहरीको हिरासतबाट भने केही समयपछि छुटी सकेको जनाएको छ । विगत केही वर्ष देखि उनी नेपाली कांग्रेसको क्रियाशील सदस्यमा रहेका थिए भने विभिन्न संघ संस्थामा पनि आवद्ध रहेको जानकारीमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here