गोदावरी नगरपालिकाको भवन उद्घाटनमा मेयरलाई कालोझण्डा देखाउन खोज्ने स्थानीय युवा प्रहरी नियन्त्रणमा


गोदावरी नगरपालिकाको नब निर्मित भबनको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले उदघाटन गरेका हुन । निर्माण कार्य भने अझै सकिएको छैन । मेयर साउँदले आफ्नै कार्यकाल मा उक्त भबनबाट नै सेवा सन्चालन गर्ने योजना बताएका छन ।

निर्माण कार्य ढिलो भएकाले उनको योजना सर्दै गएको वताए। मेयर साँउदले स्थानिय निर्बाचनको मिती घोषणा भइसकेकाले आचार सँहिता लागु हुन सक्ने र आफ्नो कार्यकालमा उदघाटन हुन नसक्ने भन्दै आज नै उदघाटन गर्ने योजना बनाएका थिए ।

शहरी बिकास आयोजनाले पनि शुरु मा उदघाटन गरे पनि हुने बताएको थियो । अहिले आयोजनाले नगरपालिकालाई पत्र पठाएर निर्माण कार्य नसकेर नै उदघाटन नगर्न भनेर आईतवार मात्रै नगरपालिकालाई पत्र पठाएको थियो । निर्माण कार्य नसकेर नै उदघाटन गरिएको भन्दै नेपाली काँग्रेसले ,नेकपा समाजवादी र राप्रपा पार्टीहरुले विज्ञप्ती निकाल्दै बिरोध जनाएको छ । उदघाटन कार्यक्रममा नगरका कर्मचारी र एमाले समर्थक नेताहरु मात्रै सहभागी थिए ।

अन्य दलका कोही पनि प्रतिनिधी कार्यक्रममा सहभागी भएनन् ।काँग्रेस लगाएतका दलले बिरोध गर्ने सुचना भएपछि सुरक्षा ब्यबस्था कडा पारीएको थियो । नगर प्रहरी ,नेपाल प्रहरी र शशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।

उदघाटन कार्यक्रममा बिरोध जनाउन खोज्ने एक स्थानीय युवा ओझालाई प्रहरीले नियन्रणमा लिएको छ । गोदावरी २ का काँग्रेसका कृयाशिल सदस्य एल आर ओझालाई युबा सँघका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन । कार्यक्रम सकिएपछि नगर प्रमुख साउँदलाई युबा संघका कार्यकर्ताहरुले स्कर्टिङ गर्दै अत्तरिया चोक सम्म पुर्याएका थिए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रत्ना कडायत पनि सहभागी भएनन्। उनी कार्यक्रमको सिलसिलामा यती बेला पोखरामा रहेकी छन् । उनले कार्यक्रमको बारेमा आफु सँग कुनै समन्वय नगरिएको बताईन । आफुले पार्टी परिवर्तन गरेदेखि नगरपालिकाको भबन उदघाटन लगाएतका धेरै कार्यक्रममा आफुलाई बेवास्ता गरिन थालेको गुनासो गरेकाी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0