गोदावरी नगरपालिकाको नब निर्मित प्रशासनीक भबनको मेयर साउद द्धारा उदघाटन


अत्तरिया । गोदावरी नगरपालिकाको नब निर्मित प्रशासनीक भबनको उदघाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले उदघाटन गरेका छन ।
गोदावरी नगरपालिका २ तेघरीमा रहेको आफ्नै जग्गामा नगरपालिकाले एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको हो ।

नगरपालिकाको भवन निर्माणका लागि एम एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो ।

उक्त कम्पनी संग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भबन निर्माण पूर्ण रुपमा हुन भने अझै केही समय लाग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0