नेपाली कांग्रेस गोदावरीको कोषाध्यक्षमा मदन शर्मा मनोनित


अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिको कोषाध्यक्षमा मदन राज शर्मा मनोनित भएका छन । शनिबार बसेको कांग्रेस गोदावरी नगर कार्यसमितिको बैठकले शर्मालाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

नगरमा निर्वाचित सदस्य मध्ये एक जनालाई कार्यसमितिको कोषाध्यक्षमा मनोनित गर्नुपर्ने विधानको व्यवस्था अनुसार शर्मालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको कांग्रेस गोदावरी नगर कार्यसमिति सचिव अशोक राज देवकोटाले बताएका छन ।

बैठकले केही नगर सदस्य पनि मनोनित गरेको छ । जसमा गजेन्द्र ओझा, किरण शाह, हरिलाल न्यौन्याल, रबिन्द्र प्रशाद खनाल, मान बहादुर चौधरी र पदम बहादुर मडैलाई नगर सदस्यमा मनोनित गरिएका सचिव देवकोटाले बताए ।

उनले चुनाव मार्फत ६७ सदस्यीक कार्यसमिति चयन गरिएको भएपनि विधान बमोजिम थप २० प्रतिशत मनोनित गर्नुपर्ने व्यवस्था भएकाले बैठकबाट ६ जना मनोतिन गरिएको बताए । उनले अझै केही सदस्य थप गर्नुपर्ने भएकाले आगामी बैठकबाट निर्णय गरिने बताए ।

नगर कार्यसमितिको बैठकले बिभिन्न क्षेत्र हेर्नको लागि ५ जनालाई जिम्मेवारी तोकेको छ । जसमा शिक्षा क्षेत्र हेर्नको लागि पार्टीका नगर सभापति समेत रहेको बिर बहादुर चोखाललाई जिम्मेवारी तोकिएको छ । यस्तै मदन राज शर्मालाई स्वास्थ्य, प्रेम बडैलालाई कृषि तथा खानेपानी, प्रेम सुमाललाई वन, योगेश भट्टलाई आर्थिक र दिलिप कुमार साउँदलाई प्रहरी प्रशासनको जिम्मेवारी तोकिएको छ ।
यसैबिच नगर कार्यसमितिको बैठकले कांग्रेस गोदावरी नगर कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अशोक राज देवकोटालाई तोकेको छ । बैठकले नगरका सचिव देवकोटालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0