सुदूरपश्चिममा घर भएका भलिवल खेलाडी सम्मानित

0
18

धनगढी : धनगढीमा भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित ९ जनालाई सम्मान गरिएको हो। सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here