सेती प्रादेशिक अस्पताल पदाधिकारीद्वारा पदभार ग्रहण, स्वास्थ्य क्षेत्र प्रबिधिमैत्री र सहज बनाउने उद्घोष


धनगढी : सुदूरपश्चिमको प्रमुख अस्पताल सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादूर शाह निर्मल लगाएत सदस्यहरु डिल्ली राज भट्ट, रोजी बस्नेत, पुस्पराज राना, राजेन्द्र चापागाई र बिजय अधिकारीले बुधवार सपथ ग्रहण संगै पदभार गरेका छन ।

बुधवार बिहान सामाजिक बिकास मन्त्री लाल बहादूर खड्काबाट सपथ ग्रहण गरेका अध्यक्ष तथा सदस्यहरुले दिउँसो पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण संगै अस्पताल प्रशासनका कर्मचारीहरुसंगपनि उनिहरुले छलफल गरेका छन् ।

छलफलमा अध्यक्ष शाहले सेती प्रादेशिक अस्पताललाई गरिब निमुखा जनताको मनमा कसरी राख्न सकिन्छ त्यो अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् । सेती प्रादेशिक अस्पतालमा सरकारले गर्नुपर्ने ठुला काम होलान शाहले भने “तर ब्यवस्थापन समिति र कर्मचारी मिलेर सानो सानो काम गर्नुपर्ने छ त्यो कामले यहाँका गरिब निमुखा जनता सहज उपचार पाउनु हुनेछ ।”

सेती अस्पतालको समस्या भनेको दुर्गन्धित, समयमा उपचार नपाउने, सेवा बारे जानकारीनै नहुने लगायतका स साना समस्या हुन उनले भने “यस्ता समस्या हामी समाधान गर्ने छौँ हामी चिकित्सक साथीहरुलाई अप्ठ्यारो गर्ने गरी होइन सहकार्य गरेर सेतीको उपचार सेवा सहज बनाउने छौँ ।”

यस्तै पदभार ग्रहण गर्दै ब्यवस्थापन समितिका नव नियुक्त सदस्य डिल्लीराज भट्टले स्वास्थ्य क्षेत्र प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । सेती अस्पतालमा आउने सेवाग्राहीका समस्या सम्बोधग गराउने बिषयमा ब्यवस्थापन समिति गम्भिर रहेको उनले बताए । स्वास्थ्यकर्मीहरुसंग सहकार्य गरी जनतालाई सुलभ सेवा दिनमा आफुहरु कर्तब्यनिस्ट भएर लाग्ने भट्टको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0