सुनचाँदी व्यवसायी संघ कैलालीको अध्यक्षमा सोव चयन


अत्तरिया – सुनचाँदी व्यवसायी संघ कैलालीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आईतबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरिएको हो ।

दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिती समेत चयन गरिएको छ । जसको अध्यक्षमा यदु सोव रहेको प्रदेश महासंघका सभापति सन्तोष लामिछानेले जानकारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा राजिव शाह र सकुन्तला सोव, सचिवमा देव पार्की, सहसचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा प्रेम सेन्चुरी, सह कोषाध्यक्षमा राम कुमार सुनार र कार्यकारी सदस्यमा क्रमशः प्रकाश सोव, बिनोद बर्मा, मान बहादुर सोव, केशव विक निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0