अत्तरियामा वैदिक गणित सम्बन्धि सेमिनार सम्पन्न

0
78

अत्तरिया– कैलालीको अत्तरियामा पहिलो पटक वैदिक गणित सम्बन्धि सेमिनार सम्पन्न भएको छ । सेमिनार सोमबार बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको हलमा संचालन भएको हो ।

एभरेष्ट एकेडेमी अत्तरिया, त्रिनयन नेपाल, डीएमएस स्कुल डोटी, गुरुभूमि फाउण्डेशन कञ्चनपुर, तथा गुरुस्थानम टेक्नोस्कुल भारतको आयोजनामा एक दिने सेमिनार सम्पन्न भएका हो ।सेमिनारको मुख्य प्रशिक्षकको रुपमा डा। योगेश चाँदनाले रहेका थिए ।

सेमिनारमा दुर्गालक्ष्मी बहुमुखि क्याम्पस, दुर्गा लक्ष्मी नमुना माध्यमिक बिधालय,एभरेस्ट एकेडमी माध्यमिक बिध्यालय, ज्ञानज्योति बोर्डिङ स्कुल, होलील्याण्ड बोर्डिङ स्कुल , जिके पब्लिक स्कुलका गरेर झन्डै १५० बिद्यार्थी र २० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

त्यस्तै प्रमुख अतिथिको रुपमा दुर्गालक्ष्मी क्याम्पसका प्राध्यापक दलबहादुर साउँद रहेका थिए । सेमिनारमा प्रशिक्षक चाँदनाले आफ्नो मस्तिस्कलाई प्रयोग गरेर क्याल्कुलेटर भन्दा छिटो विद्यार्थीले गणितका समस्या सामाधान गर्न सक्ने सुत्रको बारेका प्रशिक्षण गराएका थिए ।

उनले विद्यार्थीहरु बढी क्याल्कुलेटर प्रयोग गर्न थालेपछि मानसिक रुपमा कमजोर हुन थालेकाले आफूहले वैदिक गणित बिधिलाई प्रोत्साहन गरिरहेको जानकारी दिए । विद्यार्थीको बौद्धिक क्षमता बढ्ने सुत्रहरुको बारेका बताउँदै उनले मस्तिष्क धेरै शक्तिशाली भएको बारेका जानकारी गराएका थिए ।

यस्ता सेमिनारलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजक संस्था त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here