कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्युः पूर्वपश्चिम राजमार्ग अवरुद्ध


धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो। रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन्।

सोमबार बिहान सात बजे लु.१ ख.८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप.०१००९.प.३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा सवार रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो। रावलको मृत्युपछि स्थानीय आन्दोलित बनेका हुन्।

यता ट्रक र चालक बुद्दीराम सुनार भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0