मोटरसाइकल दुर्घटना हुँदा बझाङमा पत्रकार कुँवरको मृत्यु


बझाङः  मोटरसाइकल दुर्घटना हुँदा बझाङमा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ। शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको मृत्यु भएको हो।

उनले चलाएको सुपप्र०१–०१०प ७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनी बुंगलको सेरोफेरो एफ एम मा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0