धनगढीमा चैत्र १० देखि ‘सुदूरपश्चिम महोत्सव २०७८’ हुने


धनगढी – धनगढीमा सुदूरपश्चिम महोत्सव संचालन गरिने भएको छ । चैत्र १० गते देखि २० गते सम्म ‘सुदूरपश्चिम महोत्सव २०७८’ संचालन गर्न लागिएको हो ।

कोरोना महामारीका कारण विगत २ बर्ष देखि संचालन हुन नसकेको महात्सव यस बर्ष भने दोस्रो पटक संचालनका लागि तयारी थालिएको छ ।

यसअघि माघ १८ गते देखि संचालन गर्न घोषणा गरिएको महात्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो । महोत्सव कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको हो ।

कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सवका बारेमा थप जानकारी दिन दिउसो साढे ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0