नवजीवन सहकारी संस्थाको अध्यक्षमा बम निर्वाचित,यस्तो छ निर्वाचित भएकाहरुको सुचि


धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनबाट संस्थाको अध्यक्षमा देवबहादुर बम निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार बमले ८ हजार ३ सय ९१ मत पाएर निर्वाचित भएका छन्। बमले अध्यक्षका प्रत्यासी रतन बहादुर कठायतलाई एकहजार ३ सय ८ मतले पराजित गरेका हुन । भने अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले ७ हजार ८३ मत पाए। यस्तै साधारण सभाबाट नयाँ सञ्चालक समितीको उपाध्यक्षमा चेतराज ओझा ७३२९ मत ल्याएर निर्वाचित भएका छन्।

यस्तै संचालक सदस्यहरुमा इन्दिरा जैशी ८३११ मत, उत्तम जोशी ६९२४, गोपालराज पाठक ६८५७,केशबराज मिश्र ६७८०,डा महेशराज बिष्ट ६६३०,घन बहादुर शाह ६६११, उपेन्द्र बिष्ट ६४७७, शिव कुमार जोशी फुलारा ६३६४, गणेश बम ६१७२, जयराज जोशी ६१०२,बिश्वनाथ ओझा ६०१५ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै लेखा सुपरिबेक्षण समिती संयोजकमा चेतराज जोशी ७१६५ मत ल्याएर निर्वाचित भएका छन् । लेखा सुपरीबेक्षण समिती सदस्यमा गणेश प्रसाद उपाध्याय ७१४१ र लक्ष्मीराज पन्त ७०२५ मत ल्याएर निर्वाचित भएका हुन्। दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिवार मतदान भएकोमा मंगलबार बिहान मत गणना सकिएको हो।

निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। साधारण सभाबाट नयाँ सञ्चालक समितीको अध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, संचालक समिती सदस्यहरु ११ जना र लेखा सुपरिबेक्षण समिती संयोजक १ तथा लेखा सुपरीबेक्षण समिती सदस्य गरी २ जना गरी १६ पदकोलागी निर्वाचित भएका हुन्। हेर्नुहोस को को निर्वाचित भए सुचिसहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0