महाकालीको रोयल्टी ठेक्कामा डेढ करोड घोटाला, कागजपत्र अख्तियारको नियन्त्रणमा


अत्तरिया– कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खननमा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड घोटाला भएको खुलेको छ। रोयल्टी संकलनमा डेढ करोड घोटाला भएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले भवानी कन्ट्रक्सनकोे १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ।

उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले बताए। कम्पनीले रोयल्टी संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको भएपनि सेवाग्राहीबाट रु १ सय ५ का दरले अशुल्ने गरेको उजुरीपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0