नवजीवन सहकारी संस्थाको दिगो विकास र सुदृढीकरणका लागि मेरो उम्मेदवारी हो : देवबहादुर बम


नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयन गर्न भोली निर्वाचन हुदैछ । संस्थाको नयाँ नेतृत्वका लागि सो सहकारीका वर्तमान सदस्य देवबहादुर बम प्यानल सहित चुनावी मैदानमा छन् । विगत ११ बर्षदेखि निरन्तर उक्त सहकारीका लागी काम गर्दै आएका बमले यस पटक अध्यक्ष पदका लागी उम्मेदवारी दिएका छन् । संस्थाको चुनाव तयारी , उम्मेदवारी केका लागी , भावी कार्यक्रम के–कस्ता छन् भनी अध्यक्षका उम्मेदवार बमसंग कुराकानी गरेका छौं । अध्यक्षका उम्मेदवार बमसंग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ः

१. नजीवन सहकारीको अध्यक्षका लागि चुनाव लड्दै हुनुहुन्छ, कस्तो छ तयारी ?

चुनावको तयारी र माहौल अत्यन्त राम्रो छ । हामी मतदाताहरूसंग मत माग्न भेटघाटमै छौ ,जहाँ जहाँ म पुगे शेयरधनि मतदाता ज्यूहरूले मलाई हौसला प्रदान गरेका छन् , जस्ले गर्दा ममा उत्साह थपिएको छ । म र मेरो टीमलाई मतदाता ज्यूहरूले निर्वाचित गराउनु हुनेछ भन्नेमा म पूर्ण बिश्वस्त छु ।

२. तपाईले सहकारीको अध्यक्ष लड्नुपर्ने कारण के छ ?

संस्थाले विगत लामो समयसम्म बचत तथा ऋणको मात्र कारोबार गरेको गत कार्यकाल देखि हामीले बहुद्देश्यीय संस्था भएकोले, कृषि, शिक्षा, स्वास्थ्य र उद्योग तर्फ जानुपर्छ भनेर सम्भाव्यता अध्ययन, अवलोकन गरेका छौ ।

त्यो कार्यलाई अगाडी बढाउन, शेयरधनिलाई लगानीको प्रतिफल दिन र सहकारीसंग अपनत्वको भावना तथा स्वामित्वबोध हुनेगरी कार्यक्षेत्र भित्रका सदस्यलाई थप सेवा प्रदान गर्न, संस्थाको दिगो विकास र सुदृढीकरणका लागि मेरो उम्मेदवारी रहेको छ ।

३. मतदातासङ्गको भेटघाटका क्रममा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मैले यस अघि नै भने संस्थागत व्किास, मितव्ययिता, शेयरधनिको जन्मदेखि मृत्युसम्म सहकारी भन्ने बोध गराउने, सामाजिक, आर्थिक रूपान्तरण गर्ने, कर्मचारीहरूको वृद्धि विकास, कार्यक्षेत्रको सञ्जालमा वृद्धि, प्रविधिको विकाससंगै रोजगारीको श्रृजना गर्ने मेरा एजेण्डाहरू हुन् ।

४. तपाईंले चुनाव जित्ने आधार के छ ?

मैले यस अघिको कार्यकालमा गरेको कामको मूल्याङ्कन, शेयर सदस्यता बृद्धि, समाजमा मैले गरेको योगदान, अन्य संघसंस्थामा रहेर गरेको कामको लोकप्रियता ,शेयर सदस्यहरूबाट पाएको माया, उत्साह र हौसला नै मेरो चुनाव जित्ने आधार हुन् ।
५. यो भन्दा अगाडिको नेतृत्वले गर्न नसकेको र तपाईंले जित्यो भने गर्न चाहेको महत्त्वपूर्ण काम के–के छन् ?

नवजीवन देशभरी कार्य क्षेत्र भएको मुलुकको ठूलो मध्येको एक र संस्थागत विकास भैसकेको पश्चिमनेपालको गौरब भन्दा फरक नपर्ला । संसदीय निर्वाचनको लागि एकै जिल्लामा पनि धेरै क्षेत्र छन् भने यो सहकारीका सदस्यहरू मेची देखि महाकाली सम्म फैलिएका छन् र कार्यक्षेत्र ठूलो भएको, आम जनताको विश्वास जित्न सफल, मुनाफामा सञ्चालित सबल सहकारी भएकोले संस्थाप्रति आकर्षण बढेको छ ।

६. सहकारीको थप शाखाहरू कहाँ–कहाँ विस्तार गर्नुपर्ने देखिएको छ ?

विगत लामो समय देखि संस्थाको विनियम संशोधनको स्वीकृति हुनमा ढिलाई , ऐन कानून र नियमावलीहरूमा भएको परिवर्तन तथा कोभिड –१९ को प्रतिकूल परिस्थितिले गर्दा हामीले यो कार्यकालमा सोचेजति कार्य गर्न सकेनौ तथापि लघुवित्त कार्यक्रम, कृषि उपज खरिद बिक्रीकेन्द्रको स्थापना, संस्थाको ५ वटा सेवाकेन्द्रको स्थापना र सञ्चालन, अचल सम्पत्ति घरजग्गा भवन निर्माण जस्ता थुप्रै कार्यहरू भएका छन् । केही अधुरा कामहरू पुरा गर्न र सदस्यहरूको हितको लागि बीमा, स्वास्थ्य, शिक्षा, कृषिलगायतका परियोजना स्थापना र सञ्चालनलाई पूर्णता दिने हाम्रो लक्ष्य रहेको छ । कञ्चनपुरको महेन्द्रनगर लगाएत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यस सहकारीका शाखाहरु बिस्तार गर्ने मेरो लक्ष्य रहेको छ ।
अन्त्यमा सहकारी शेयर सदस्यलाई के भन्न चाहानुहुन्छ ?
अन्तमा नवजीवनका शेयर सदस्यहरूको भावनाको कदर हुनेगरि ऐन कानुन र नियमावलीहरूको परिधि भित्र रही कामगर्ने प्रतिबद्धता जाहेर गर्दछु । र, एक पटक म र मेरो टीमलाई विश्वास गरी आफ्नो अमूल्य मत दिई अत्यधिक मतले बिजयी गराई दिन हुन हार्दिक अपील गर्दछुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0