अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सबमा आज नायक आर्यन सिग्देल आउदै


अत्तरिया , कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सबमा आज नेपालकै लोकप्रिय नायक आर्यन सिग्देल आउने भएका छन् ।

सम्बृद्ध प्रदेशको आधार कृषी पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ यही फागुन १३ गतेवाट सुरु भएको सुदूरुपश्चिम प्रादेशिक महोत्सब २०७८ को १५ औँ दिनमा नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएको नायक आर्यन सिग्देल आउने भएका हुन् ।

नायक सिग्देलसंगै लोकप्रिय लोकदोहरी गायिका पूर्णकला बिसी पनि आउने भएकी छन् । गायिका बिसीका थुप्रै गितहरु चर्चामा रहेका छन् ।

यस्तै उनीसंगै महोत्सबमा आज अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक अत्तरिया उधोग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले जानकारी दिए । यही फागुन २५ गते समापन गरिने भनिएपनि सबै दर्शक र स्टल ब्यापारीहरुको मागलाई मध्यनजर गर्दै महोत्सबलाई ४ दिन लम्बिाइएको छ । महोत्सब २९ गते समापन हुनेछ ।

महोत्सव अबलोकनका लागि सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ । यस्तै शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0