एनआइविएल फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश


धनगढी। एनआइविएल फ्रेन्ड्स क्लब धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहिवार भएको दोस्रो सेमिफइनल खेलमा एनआइविएल फ्रेन्ड्स क्लबले बागमती युथ क्लब २–१ गोलले हराउदै फ्रेन्ड्सले फाइनलको यात्रा बनाउन सफल भएको हो । अब फ्रेन्ड्सले प्रतियोगिताको फाइलन खेल फागुन २८ गते मनाङ मस्र्याङ्दी क्लबसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0