बैतडी ः एमालेबाट निर्वाचित शिवनाथकी उपाध्यक्ष चन्दले गरिन कांग्रेसमा प्रवेश


बैतडी / नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले आजै कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।

चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् । यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गरेका छन् ।

तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारवाही गरेर निष्कासन गरेको थियो । तर चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी थिइन् । हिजो मात्रै उनले एक विज्ञप्ती जारी गर्दै आफूलाई सफाईको मौका समेत नदिएर पूर्वाग्रही ढंगले कारवाही गरेको आरोप लगाएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0