यस्तो बन्यो कैलाली काँग्रेसको ६७ सदस्यीय जिल्ला कार्यसमिति (नाम सहित)


धनगढीः नेपाली काँग्रेस कैलालीको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सबै पदाधिकारी र जिल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको छ। फागुन १५ गते निर्वाचन भएको काँग्रेसको जिल्ला समितिको मतगणना शनिबार सकिएको हो।

पदाधिकारीको मतगणना भने शुक्रबार नै सकिएको थियो। सभापतिको मतगणना बिहीबार नै सकिएको थियो भने शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको थियो। सभापतिमा नारायणदत्त भट्ट विजयी भइसकेका छन् भने उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका थिए। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए। सचिवमा बम प्यानलका नृप सुनारले १४९३ र भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका थिए।

यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका थिए। निर्वाचन समितिका अनुसार जिल्ला सदस्यको मतगाणना पनि सकिएको छ। जिल्ला सदस्यमा भूगोलतर्फ टीकापुरका आनन्द हमाल र बमबहादुर बम, धनगढीका रतन कठायत, प्रकाश जोशी र तपेन्द्र भुसाल, भजनीका टंक जैशी र मानबहादुर साउद, कैलारीका तारामान कठरिया, गोदावरीका प्रेमराज भट्ट र कमलकान्त पन्त, गौरीगंगाका रोशन सिंह, खुसिराम चौधरी र गोहनी चौधरी घोडाघोडीका योगेन्द्र बिष्ट, अमर खत्री, गुलिया चौधरी विजयी भएका छन्।

यस्तै चुरेका दिलबहादुर भाट र लिला खत्री, जानकीका तर्कराज उपाध्याय, जोशीपुरका किरण कुस्मी चौधरी, बर्दगोरियाका उत्तरा बम, मोहन्यालका गजेन्द्र बिष्ट, लम्कीका चक्र देउवा र अर्जुन स्वार, गोदावरीका चन्द्रा लक्ष्मी शाह विजयी भएका छन्। खस आर्यतर्फ उत्तम जोशी, गणेश खड्का, टेकेन्द्र धामी, गणेश शाह ओमजग सिंह, महिलातर्फ ललिता देउवा, सरस्वती बस्नेत देवकी कार्की, थारुतर्फ जगबहादुर चौधरी, पतिराम चौधरी, बलबहादुर कठरिया, श्रीपाल चौधरी र भङ्गी राना, दलिततर्फ गणेश सुनार, चक्र नेपाली, बिमला जैरु, मधेसी मुस्लिमतर्फ सुजिता यादब, अल्पसंख्यकतर्फ कृष्ण धमला र जनजातीतर्फ कमल पुन विजयी भएका छन्।

यस्तै जिल्ला अधिवेशनअन्तर्गत १२ जना निर्विरोध चयन भएका थिए। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार चार जना थारु महिला सदस्य, ७ जना भूगोलतर्फका सदस्य र एकजना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका थिए। थारु महिला सदस्यमा कल्पना चौधरी, निर्मला चौधरी, फुलनदेवी बडायक र शारदा चौधरी निर्विरोध भएका थिए। सदस्य भुगोलतर्फ कैलारी गाउँपालिकाकी अनिता चौधरी, महिला भूगोलतर्फ धनगढीकी कल्याणी सिंह हमाल र सुशिला भट्ट, भजनीकी नन्दा शर्मा, लम्कीचुहा भूगोलतर्फ राधिका जोशी, मोहन्यालकी झरना सिजालीमगर र जोशीपुरको भूगोलतर्फ धनबहादुर मल्ल पनि निर्विरोध भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0