नारद प्रसाद भट्टद्धारा नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यपदमा उम्मेदवारी घोषणा

0
111

२१ फागुन, काठमाडौं । काठमाण्डौंमा हुन गईरहेको नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनमा नेपाल लेखापरीक्षण र विविध सेवा समूह अन्तर्गत केन्द्रीय सदस्यपदमा नारद प्रसाद भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

भट्टले आजै सामाजिक संजाल मार्फत काठमाण्डौमा आजदेखि पर्सि २३ गतेसम्म हुन गइरहेको नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनमा नेपाल लेखापरीक्षण र विविध सेवा समूह अन्तर्गत केन्द्रीय सदस्यमा देशकै सवैभन्दा ठुलो र मर्यादित संगठनलाई थप चुस्तदुरुस्त पादै संस्थाको विधानको पूर्ण पालन गरि लोकतान्त्रीत किसिमले संचालन तथा जिवन्त चलायमान वनाउनका लागी एक पटक आफुलाई निर्वाचित गरार्इ सहयोग गरी दिन भनि सम्पूर्ण प्रतिनिधी एवं सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक अपिल समेत गरेका छन ।

नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन सत्र आजै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए भने कार्यक्रमको सभापतित्व नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here