मालपोत कार्यालय धनगढीलाई भ्रष्टाचार रोक्न माग गर्दै बागेश्वरी असल शासन क्लब (बास)ले बुुझायो ज्ञापन पत्र


धनगढी – मालपोत कार्यालय धनगढीलाई बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले ज्ञापन पत्र बुझाएको छ ।

क्लबले कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न माग गर्दै १० बुदे ज्ञापनपत्र बुझाएको हो ।बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई उक्त ज्ञापन पत्र बुझाएका थिए ।

यसअघि उनीहरुले मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम संचालन गरेका थिए । भ्रष्टाचारविरुद्ध शुद्धिकरण कार्यक्रममा बास कैलाली शाखाका१२ जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0