कांग्रेस गोदावरीका पुर्व वडा सभापति पाठकले गरे पार्टी परित्यागको घोषणा


अत्तरिया । नेपाली कांग्रेस गोदावरी वडा नं.६ का प्रभावशाली नेता एवं पुर्व वडासभापति राजेश पाठकले पार्टी परित्यागको घोषणा गरेका छन । २०५४ सालमा तत्कालिन श्रीपुर गाविस वडा नं. १ का वडासभापति रहेका पाठकले बिहिबार पार्टी परित्यागको घोषणा गरेका हुन ।

कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाको गुटबन्दी र कांग्रेस नेतृ आरजु राणाको ज्यादतीका कारण आफुले पार्टी परित्यागको घोषणा गरेको उनले बताए ।

कांग्रेसको कैलाली जिल्ला अधिवेशनमा सभापतिको चयनका लागी भएको दोस्रो चरणको चुनावमा केन्द्रिय सभापति देउवाले खेलेको गुटगत राजनिति र नेतृ राणाको हस्तक्षेपले आफुलाई कांग्रेस परित्याग गर्न बाध्य बनाएको उनले समाजिक संजाल फेशबुक मार्फत व्यक्तगरेका छन ।

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता र २०५३ सालदेखी कांग्रेसको क्रियाशिल सदस्यता लिई कांग्रेसमा आजिवन रहेपनि पछिल्लो समय कांग्रेसमा हुन थालेको गुटगत राजनितिले आफुजस्ता युवाहरुको मन खिन्न बनाएको उनले बताए ।

उनले जिल्ला नेतृत्वको लागी केन्द्रतहबाट पैसा पेल्ने, धम्क्याउने जस्ता निच गतिविधि हुनु कांग्रेसका लागी लज्जास्पद भएको बताए । पाठक कांग्रेसको १४औ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा गोदावरी नगरपालिका वडा नं. ६ बाट क्षेत्रिय प्रतिनिधिमा पराजित समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0