धनगढीको मेयरमा गोपाल हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

0
156

धनगढी– सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार धनगढीमा आयोजित घोषणा सभामा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा हमालले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए।

‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्न,’ घोषणा सभामा हमालले भने, ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन। मेयरले पाउने कुनै लाभ लिदैन। निस्वार्थ रुपमा काम गर्छु।’ उनले अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवत्तिमा कायम गरेर देखाउने घोषणा गरे।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमालले अन्तिम पटक उम्मेदवारी दिएको बताउदै भने, ‘मलाई जे दिएको हो, यही धनगढी र सुदूरपश्चिमले दिएको हो। अब यो माटोको सम्मान गर्दै मैले पाँच वर्ष धनगढीलाई निस्वार्थ सेवा दिने योजना बनाएको छु्।’

घोषणा सभामा पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्यले हमालको अभियानमा राष्ट्रिय दायित्व सम्झेर सहभागी भएको बताए। उनले ’धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा गर्न निस्शुल्क रुपमा साझेदारी गर्ने बताए। ‘गोपाल हमालको अभियानलाई धनगढीवासीले सफल पार्नु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘उहाँको जित भए देशभरी नै नयाँ र सकारात्मक सन्देश जान्छ।’

हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल ९२०६३–६६०मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्। सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए।

कार्यक्रममा व्यवसायी प्रकाश भट्टले स्वागत मन्तव्य राखेका थिए भने सुदूरपश्चिम समाज कोरियाका पूर्वअध्यक्ष तथा व्यवसायी धर्मराज जोशीले शुभकामना मन्तव्य राखेका थिए। यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here