मंगलबार डडेल्धुरामा जिप दुर्घटना हुदाँ १० जना घाइते

0
13

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मंगलबार बिहान साढे ८ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–१० राइको मोड नजिक से १ ज ४०१ नम्बरको जिप दुर्घटना भएको हो।

नवदुर्गा गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ जादै गरेको उक्त जिप अनियन्त्रि भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप दुर्घटना हुदाँ १० जना घाइते भएको डडेल्धुरा प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिएका छन ।

घाइतेहरूमध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। सूचना अधिकारी चन्दका अनुसार नवदुर्गा गाउँपालिका–१ की ६० वर्षीया ईश्वारीदेवी ऐर र र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको छ।

अरु ८ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। गाडी चालक नवदुर्गा गाउँपालिका–१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here