१६ वर्ष देखि फरार २ जना अपराधीलाई पक्रन सफल भयो बझाङ्ग प्रहरी


उत्तमकुमार थापा \ बझाङ
हत्यामा संलग्न १६ वर्ष देखि फरार २ जना फरार अपराधी पक्राउ परेका छन । बझाङ प्रहरीले गोप्य सुचनाको आधारमा बीभत्स हत्यामा सँलङग भएका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

डिएसपी बिष्टका अनुसार धौले भण्डारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकास राना समेत भएको कर्तव्य ज्यान मुद्दामा मिति २०६२ असोज २३ गतेको दिउसो ४:३० बजेको समयमा जिल्ला बझाङ साबिक सुबेडा गाउ विकास समिति वडा नम्बर ८ ज्वाडा हाल जयपृथ्वी नगरपालीका ७ स्थित बस्ने मिन बहादुर भण्डारीलाई सोहि स्थानमा बस्ने बिरेन्द्र राना,प्रकास राना, मंगल राना,रामदेवी राना र हिरा देवी रानाले घरेलु हतियार बन्चरो,हँसिया को प्रयोग गरी बिभत्स तरिकाले हत्या गरेको घटनामा तत्कालिन सम्मानित पुनराबेदन अदालत डोटीको मिति २०६६/०३/८ गतेको फैसलाले प्रतिवादी साबिक जिल्ला बझाङ सुवेडा ८ ज्वाडा हाल जयपृथ्वी नगरपालिका वडा नं।०७ बस्ने बर्ष ३३ की रामदेवी रानालाई ३ बर्ष कैद सम्मानित सर्बोच्च अदालतको मिति २०६९/०१/२२ गतेको फैसलाले प्रतिवादी जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं।०७ बस्ने बर्ष ४० को बिरेन्द्र रानालाई २० बर्ष कैद सजाय तोकिएको थियो ।
तर फरार अपराधीहरुको खोज तलास गर्ने क्रममा उहाँहरु भारतबाट जिल्ला कञ्चनपुर अन्तर्गत नेपाल भारतको सिमा भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी एरियाको बाटो हुँदै नेपाल आउँदै गरेको बिशेष सुचनाको आधारमा जिप्रका बझाङको सक्रीयता तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो,महाराजगंज र स्थानिय प्रहरीको सहयोगमा उहाँहरूलाई गड्डाचौकी एरियाबाट मिति २०७८/११/१४ गते पक्राउ गरी ल्याईएकोमा निजहरूलाई आज मिति २०७८/११/१५ गते सम्मानित बझाङ जिल्ला अदालत बझाङमा पेश गरीएको प्रहरी प्रमुख डिएसपी बिष्टले बताए । जिल्लामा डिएसपी बिष्ट आएपछि स्थानीय जनताहरुका अनुसार शान्ती सुरक्षामा निकै सुधार आएको  भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0