स्थानीय कलाकारद्धारा सुदूरपश्चिम प्रादेशिक महोत्सव बहिस्कार ,राष्ट्रिय कलाकार बोलाउनु बाध्यता हो अध्यक्ष ः देवकोटा


हेमन्त अबस्थी , अत्तरिया । कैलालीको अत्तरियामा शुक्रबार देखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवलाई कलाकारहरुको बिभिन्न संगठनहरुले बहिस्कार गरेका छन ।
सदुरपश्चिम प्रदेशमा रहेका स्थानीय कलाकारहरुलाई महोत्सबले आफुहरुलाई ओझेलमा पारेको भन्दै महोत्सव बहिस्कार गरेको हो । देउडा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश, कलाकार मञ्चले महोत्सव बहिस्कार गरेको छ । प्रतिष्ठानले संयुक्त रुपमा बिहिवार एक बिज्ञप्ती जारी गर्दै सुदूरपश्चिमका कला क्षेत्रमा लागेका ब्यक्तीहरुलाई वाईपास गरेको आरोप लगायको छ । प्रदेशमा रहेका अग्रज कलाकारका साथै बहुचर्चित कलाकार, नवप्रतिभा कलाकारहरुलाई वाईपास गर्दै सुदूरपश्चिमको कला, संस्कृती, सभ्यताको महोत्सबले धज्जी उडाएको बिज्ञप्तीमा भनियको छ । आयोजकले सदुरपश्चिमको भाषा कला लाई धब्जी उडाउनेहरु लाई महोत्सबर्मा प्राथमिकता दिनु आपत्तिजनक भएको जनाएको छ ।

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कतिपय सुदूरपश्चिमका कलाकारको फोटो पोस्टरमा नाम प्रकाशन गरेर सार्वजनिकपछि कलाकारको लिष्टबाट नाम हटाउनु कलाकारको मानमर्दन र अपहेलना भएको भन्दै महोत्सव बहिस्कार गर्न बाध्य भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगामी दिन सुदूरपश्चिममा हुने महोत्सवमा ६० प्रतिशत सुदूरपश्चिमकै कलाकारलाई सहभागी गर्नु पर्ने माग पनि बिज्ञप्तीमा उल्लेख गरेको छ ।

बिज्ञप्ती पछि बर्षौ देखि सुदुरपश्चिम प्रदेशको कला सस्कृतीको जर्गेनाका लागी आवाज उठाउदै गरेका कलाकारहरुले सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सदुरपश्चिमका कलाकार लाई समाबेस नगरिनु दुःखद भएको भन्दै आपत्ती समेत जनाएका छन ।

कलाकार सुर्य बिरही साँउदले फेसबुकमा लेखेका छन सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सुदूरपश्चिम नै ओझेलमा पारिनु, हेपिनु हामी सुदूरपश्चिमेलीहरुको लागि कडा चुनौती हो । सबै सुदूरपश्चिमेली मनहरुले सोच्नु पर्ने बेला छ । सबै कलाकारहरुलाई सम्मान गरौ तर सुदूरपश्चिम मै सुदूरपश्चिमेली कलाकारलाई अपमान गरिनु अक्षम्य छ । सुदूरपश्चिमेलि कला संस्कृति माया मोह कलाकारहरु अपमानित ठाउँ तिर उपस्थित नभईदिन अनुरोध भन्दै फेसबुकबाट आफनो आक्रोस पोखेका छन ।

यस्तैगरि कलाकार राम सिलाल ले फेसबुकमा लेखेका छन “म नत स्टेज खोज्दै हिड्छु न त कुनै आयोजक लाई नै मलाई बोलाउनुस भन्छु । हामी भारत मा बसेका कलाकारहरुलाइ हेर्ने दृस्टीकोण सौतेलो देखिन्छ जुन नेपालका आयोजक हुन या भारतका आयोजक हुन । अहिले जुन सुदुरपश्चिम प्रादेशिक महोत्सव हुन गैरहेको छ यो आयोजक टीमको व्यापार ब्याबसाय मात्रै हो कि कला संस्कृती बचाउने अभियान हो । सुदुर पश्चिमका राम्रा राम्रा प्रतिभावान कलाकारहरु लाई यसरी खुल्लम खुला हेपिएको र आफ्नो मनोमानी ढङ्गले कलाकार छान्ने गरेको पाइयो ।”

तेस्तै कलाकार सुरत रावत डोटेली कान्छाले फेसबुकमा लेखेका छन “ब्यापारीले ब्यापार मात्रै गर्ने उद्देश्य हो भने ब्यापार गर्नुहोस अनि सुदूरको भाषा,कला र संस्कृति बचाउने तर सुदूरमा बसेर त्यसैमा आफ्नो जीवन समर्पण गर्नेहरुलाई अपमान र अबमुल्यांकन गर्ने काम कहिल्यै नगर्नुहोस । ” तेस्तै कलाकार नबिन सिह धामीले फेशबुकमा लेखेका छन “सुदूरपश्चिमलाई अपहेलना गरेको महोत्सवमा सच्चा सुदूरपश्चिमेली सहभागी हुन्नन् कोहि नजाउँ बहिस्कार गरौं ।”

कलाकार लाल बहादुर धामी अछामी बड्डो लेख्छन “व्यापार महोत्सव हो व्यापार गर्नु पर्छ हाम्रो ठाउँको लागि राम्रो हो हाम्रो लागि राम्रो हो मलाई बोलाउने नबोलाउने भन्ने पनि हैन तर फोन गर्ने अनि कति लिने गरेको छ भन्ने हाम्ले यति लिन्छु भन्दा तुच्छ शब्द अनुसाशनहिन तरिकाले बार्केनिङ गर्न पाइदैन व्यापार मेला हो लगाउन पाईन्छ । कलाकार र सुन्दर सु प को कला सस्कृती माथि व्यापार गर्न पाईदैनकी महोदय सु प को माटोले एक से एक कलाकार जन्माउदा पनि यस्तो हालत हामी हेपिए पनि हामी पछिको पुस्ता नहेपियोस भन्ने मात्र हो धन्यवाद ।”

यसै विषयमा सुदुरपश्चिमका कलाकारहरुको यो वहिस्कारप्रति तपाईको धारणा के हो त भन्ने प्रश्नको जवाफमा वोल्दै उद्योग वाणिज्यसंघ अत्तरियाका अध्यक्ष अशोक देवकोटाले एउटै कलाकारलाई हरेक वर्ष समेट्न नसक्दाको आक्रोश मात्र रहेको र महोत्सवमा राष्ट्रिय कलाकारहरुलाई नबोलाएमा दर्शकहरुको उपस्थीति एकदमै न्यून हुने भएकोले यो बाध्यता रहेको कुरा फारबेष्ट खबर डटकमलाई बताएका छन । आफुहरुले यस महोत्सवमा थुप्रै नवप्रतिभावान सुदुरपश्चिमेली कलाकारहरुलाई स्थान दिएको समेत दावी गरेका छन । यसै विषयमा देउडा प्रतिष्ठानका अध्यक्ष नरेन्द्र राज रेग्मी लाई किन गरे त यहाँका स्थानिय कलाकारहरुले महोत्सव बहिस्कार भन्ने प्रश्न राख्दा राष्ट्रिय कलाकारहरुलाई सम्मान , व्यवहार र पारिश्रमिक तिनैचिज बढि दिने र सुदुरपश्चिमका कलाकारहरुलाई व्यवहार,सम्मान र पारिश्रमिक एकदमै न्यून मात्रामा दिने गरि स्थानीय कलाकारलाई जगेर्नाको साटो अपहेलना गरिएकोले यो व्यवहारको बहिस्कार गरिएको बताए । यसै क्रममा देउडा प्रतिष्ठानका अध्यक्ष रेग्मीले हरेक वर्ष एउटै कलाकारलाई बोलाउनुपर्छ भन्ने हामीहरुको चाहाना नभएको वताए । आफुहरुको एकमात्रै भनाई के हो भने राष्ट्रिय कलाकारलाई वोलाउदा उहाहरुलाई लाखौ रुपैया पारिश्रमिक दिईरहदा यहाँका बरु थोरै मात्र नदोहरीने गरी स्थानीय कलाकारलाई वोलाउनु पर्यो र उचित सम्मान ,व्यवहार र पारिश्रमिक दिने व्यवस्था मिलाउनु पर्यो भन्ने मात्र रहेको बताए ।

यसै विषयमा अर्का स्थानीय देउडा कलाकार दिर्घ फुलाराले भनेका छन आफु २०५७ देखि कलाकारितामा आवद्ध छु सु प मा २०६२ मा महेन्द्रनगरवाट महोत्सवको सुरुवात गरिएको हो , अहिले उद्योग वाणिज्य संघहरुले स्थानीय कला संस्कृतिको व्यापार गरिरहेको देखिन्छ । जसले जे सुकै भनेपनि यहाँका कलाकारहरु पनि राष्ट्रमै चर्चित भईसकेका छन ,अहिलेको डिजीटल युगमा मुल्याङ्कन गरिरहदा भ्यूजको आधारमा थुप्रै यहाँका कलाकारहरु टप टेनमा परिसकेको समयमा कलाकारमा क्षमता छैन भन्नु यहाँको कलासंस्कृति र कलाकारको अपमान गर्नु सरह भएको कुरा चर्चित देउडा कलाकार फुलाराले दावीगरेका छन् ।
यसै क्रममा सदुरपश्चिम प्रादेशिक महोत्सबमा सुदुरपश्चिमका कलाकारहरु लाई अपहेलना गरेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्ब अध्यक्ष बद्री पंगेनीले समेत कार्यक्रम बहिस्कार गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0