सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?


अत्तरिया । कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ।

दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको बताइएको छ। थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको अत्तरिया उधोग वाणिज्य संघका पदाधिकारीहरुले बताएका छन । थापा यसअघि पनि बेला बेला विवादमा आइरहने कलाकारमा पर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0